सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ गते पोखरा सभागृहमा

गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ गते पोखरा सभागृहमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७७, सोमबार

पोखरा, ५ जेठ – गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ दिउसो १ बजेलाई आब्हान गरेका छन् । गण्डकी प्रदेशको मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेश प्रमुख शेरचनले जेठ ११ गतेलाई अधिवेशन आब्हान गरेको सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएका छन् । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस संक्रमणका कारण यसपटकको बजेट अधिवेशन पोखरा सभागृहमा आब्हान भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा सभागृहमा अधिवेशन गरिने जानकारी दिए । अहिलेको भइरहेको प्रदेशसभाको भवनमा सामाजिक दुरी कायम गर्न नसकिने भएकाले पोखरा सभागृहमा सञ्चालन गर्ने गरी त्यहाँको ब्यवस्थापन गर्न भनिसकिएको छ ।
सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा लगायत प्रदेश सभा सदस्यको टोली मुख्यमन्त्रीसँग आइतवार पोखरा सभागृह पुगेको थियो । जेठ १० भित्र पोखरा सभागृह मर्मत गरिने मुख्यमन्त्री गुरुङले बताए । प्रदेश सभा अधिवेशनमा प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।
बजेटका बारेमा मुख्यमन्त्री गुरुङले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल, प्रमुख सचेतक मणिभद्र शर्मा, सचेतक ओमकला चालिसे गौतम, सांसदहरु ललितकला गुरुङ र विन्दुकुमार थापासमेतसँग छलफल गरेका थिए । आगामी बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सहमति गरेर अगाडि बढ्ने मुख्यमन्त्रीले बताए । प्रदेश सभाको विधेयक अधिवेशन वैशाख २३ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->