`

एम्बुलेन्स भेटियो, चालक अझै भेटिएनन्


  • ध्रुवसागर शर्मा
  • सोमवार, जेष्ठ ५, २०७७

म्याग्दी ६ जेठ– आइतबार दिउँसो उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटबाट कालीगण्डकी नदीमा खसेको एम्बुलेन्स सोमबार भेटिएको छ । मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा एम्बुलेन्ससहित चालक बेपत्ता भएका थिए ।
सडकबाट करिब १ सय मिटर तल खसेको एम्बुलेन्सको सिसा फेला परेपछि खोजीकार्यको क्रममा दुर्घटनास्थलबाट करिब १ सय मिटर तल कालीगण्डकी नदीमा एम्बुलेन्स भेटिएको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए । दुर्घटनामा बेपत्ता चालक मुस्ताङको थासाङ गाउपालिका वडा नं. ४ का २१ वर्षीय सुजन विश्वकर्माको खोजीकार्य भइरहेको छ ।
कालीगण्डकीको बाहबका कारण बेपत्ता चालकलाई बगाएको वा खोँचमा परेको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटना हुँदाँ चालक एम्बुलेन्स बाहिर गएको हुनसक्ने अनुमानसहित प्रहरीले खोजीकार्यमा तिब्रता दिएको छ । करिब ४ महिनाअघि स्वास्थ्य चौकीमा चालकको रुपमा कार्यरत विक अविवाहित हुन् । बेपत्ता विकको खोजीमा आफन्तसमेत सक्रिय छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology