बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यार्थीको हातमा किताब पुराउने तयारीमा पोखरा महानगर

विद्यार्थीको हातमा किताब पुराउने तयारीमा पोखरा महानगर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७७, मंगलबार

पोखरा, ६ जेठ – लकडाउनको बेला अनलाइन कक्षा संचालनमा रोक लगाएको पोखरा महानगरले यहाँका सामुदायिक विद्यालयका विद्यार्थीलाई घरमै किताब पुराउने तयारी थालेको छ ।
महानगरको शिक्षा महाशाखाले सामुदायिक विद्यालयहरुलाई पत्र पठाउँदै जेठ १५ गतेभित्र विद्यार्थीको तथ्याङ्क पेश गर्न निर्देशन पनि दिएको छ । महाशाखाका प्रमुख गंगाबहादुर गुरुङद्धारा जारी परिपत्रमा महानगरमा रहेका ६ जना निरीक्षकहरुलाई इमेलमार्फत विद्यार्थी संख्या पढाउन भनिएको छ ।
विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्ने वातावरण बनाउनको लागि महानगरले विद्यार्थीको हातमै किताब पु¥याउने तयारी गरेको हो । महानगरले यसअघि सबै कक्षाको नजिता प्रकाशन गर्न निर्देशन दिएको स्मरण गर्दै नतिजा प्रकाशनपछि किताब पठाउन लागिएको जनाएको हो । महानगरभित्र २ सय ७ वटा सामुदायिक विद्यालय छन् ।
शिक्षाको दायित्व महानगरमा आएसँगै ऊ कक्षा १ देखि ९ सम्मका ४५ हजार विद्यार्थीको अभिभावक हो । सामुदायिक विद्यालयको पुस्तक निःशुल्क पाइन्छ । पुस्तक खरिदका लागि महानगरले अघिल्लो वर्ष १ करोड ६६ लाख खर्चेको थियो । यो पटक करिब २ करोडजति किताबमा खर्च हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->