पोखरा, ६ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित यहाँका मन्त्री र सभासदहरुको स्वाब संकलन गरिएको छ । जेठ ११ गतेको लागि आह्वान गरिएको प्रदेशसभामा सहभागि हुनुपूर्व उनीहरुमा संक्रमण भए नभएको पत्ता लगाउन मंगलवार स्वाब संकलन गरिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार मुख्यमन्त्री, मन्त्री, सभासद, संसद सचिवालयका कर्मचारी, मुख्यमन्त्री र मन्त्रीको सुरक्षामा खटिने सुरक्षाकर्मी र अन्य सुरक्षाकर्मीसमेत गरि १ सय ४६ जनाको स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको हो । सभामुख, उपसमाभुखहरुको स्वाब बुधबार संकलन गरिने कार्यक्रम छ ।
यता, मंगलबारसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ३१ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये १ हजार ८१ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने २ सय ४७ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।





