`

भारतबाट फर्किनेको लर्को, १० जनाको उद्धार


  • ढोरपाटन संवाददाता
  • शनिबार, जेष्ठ १०, २०७७

१० जेठ २०७७ शनिबारभारतबाट फर्किनेको लर्को, १० जनाको उद्धार
म्याग्दी १० जेठ– नेपाल–भारत सीमानामा अलपत्र म्याग्देलीहरु ध्माधम आफ्नो गृह जिल्ला फर्किदै छन् । शुक्रबार भारतको नौतनवा नाकामा अलपत्र परेका ११ जनालाई म्याग्दीमा ल्याइएको छ । उनीहरुलाई बेनीको वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको छ ।
नेपाल–भारतका विभिन्न सीमा नाकाहरुमा ६० जना म्याग्देली अलपत्र परेका छन् । उनीहरुलाई जिल्लामा ल्याउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
उनीहरुलाई राख्नका लागि म्याग्दी सदरमुकाम बेनी बजारस्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्वयमसेवक युवाहरु खटिएका हुन् । सिमानामा अलपत्र १० जनाको उद्धार गरिएको छ । शुक्रबार विहान आएका १० जनालाई वेष्टप्वाइन्टमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट फर्किएका म्याग्देलीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
कोरोनाको महामारी फैलिएको भारतबाट म्याग्देलीहरु जिल्ला फर्किन थालेपछि उनीहरुलाई राख्नका लागि जिल्ला स्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय लगायत सरोकारवाला निकाहरु क्वारेन्टाइन निर्माणमा जुटेका हुन । क्वारेन्टाइनमा राखिएका सवैको पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology