सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आश्रम नै फर्किए सुवास, भन्छन, ‘म खुशी छुु’

आश्रम नै फर्किए सुवास, भन्छन, ‘म खुशी छुु’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०७७, सोमबार

बागलुङ, १२ जेठ – मानवसेवा आश्रम बागलुङको गेटबाट शनिवारको अध्यारो रातमा बाहिरीएका सुवास कार्की सोमबार पुनः आश्रम फर्किएका छन् । आँफु आश्रयको लागि नभई कामका लागि आएको भन्दै साढे दुई महिनाको पारीश्रमिक दावी गरेपछि उनका लागि आश्रमले ढोका खोलिदिएको थियो । आश्रमका सञ्चालिका सुमिरा लामासंग दाताले दिएको सहयोग आश्रितलाई बाँड्ने विषयमा सामान्य विवाद भएपछि उनलाई आश्रमवाट निकालिएको थियो । सधैं बन्द रहने आश्रमको मुलढोका खुलेपछि शनिवार साँझ सुवास त्यहाँबाट निस्केर प्रहरीको शरणमा पुगेका थिए ।
आश्रमका अभिभावकहरु र प्रहरीको पहलमा दुवै पक्षका बिचमा छलफल पछि लकडाउन अबधिभर बस्नेगरी उनलाई आश्रम फर्काइएको हो । सोमबार सार्वजनिक बिदा रहेकाले मंगलबार छलफल गर्ने तयारीमा रहेको प्रहरीले ढोरपाटन दैनिक र ढोरपाटन न्युज अनलाईनमा सुवास बाहिरीएको समाचार प्रकाशन भएपछि सोमवार विहान छलफल गराएको थियो । आश्रमका सञ्चालिका, अधिकारकर्मी, अभिभावकहरु र कार्कीका बिचमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफल पछि सुवासलाई पहिलेकै शर्तमा पुनः आश्रम फर्ककाइएको हो । लकडाउन अबधिभर आश्रममा रहने र त्यसपछि उपयुक्त व्यवस्था गरेर घर पठाईदिने सहमति पछि सुवास मानव सेवा आश्रम नै फर्केको अभिभावक सरिता गौतमले वताईन ।
आश्रमका सञ्चालिका सुमिरा लामाले प्रहरी कार्यालयमा भएको आवश्यक छलफल र सहमतीपछि सुवास पहिलेकै अवस्थामा आश्रममा फर्केको वताईन । ‘सरहरुले लिखित सहमति गरेर दाईलाई यहिँ पठाउने भन्नुभयो’, लामाले भनिन, ‘दाईको बाहिर बस्ने ठाउँ थिएन्, तातो रिस गरेर निस्किनुभएको हो । ’
प्रहरी कार्यालयमा भएको छलफलमा कार्कीले साढे दुई महिनाको पारीश्रमिक २५ हजार रुपैयाँ र एक थान मोवाईल सेट दावी गरेको अधिकारकर्मी राम शर्माले वताए । ‘खाना पकाउने काम राम्रो गर्दा रहेछन, शर्माले भने, ‘लकडाउनसम्म आश्रमै रहने गरी समझदारी भएको छ ।’
उनको मागको विषयमा प्रहरी कार्यालयमा लिखित रुपमा कुनै कागजात नगरिएपनि प्रहरीले घरजाने बेलाको खर्च दिलाउने भने पछि पुरानै अवस्थामा आश्रममा रहनेगरी सहमति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी हवलदार हरिराम बोहराले बताए ।
आश्रममा फर्केपछि सुवास पनि खुशी भएका छन । भएका कमीकमजोरीलाई सुधार्ने सहमती भएपछि आफु आश्रममा आएको उनले वताए । ‘मलाई जवरजस्ती निकालिएको थियो, अहिले म खुशी नै छु’, सुवासले थपे, ‘मैले यहाँ तलव मागेको होईन, काठमाडौंका सरहरुले पठाउनु भएको हो । उतै गएर कुरा गर्छु ।’ टेलिफोनमा सुवासले ढोरपाटनसंग भने, ‘अहिले यहिँ बस लकडाउन पछि घर पठाउँछु भन्नुभएको छ ।’
आश्रममा दाताहरुले दिएका खाद्य सामग्रीको बिषयमा सामान्य भनाभन भएपछि आश्रम सञ्चालिका र सुवासका बिचमा केही दिन पहिले देखिनै बिबाद सुरु भएको थियो । सुवासले अपशव्द प्रयोग गरेपछि आँफै चावी खोसेर आश्रमबाट बाहिरीएको दावी सञ्चालिका सुमिराले गरेकी थिइन । सुवासले भने अध्यारो रातमा आफुलाई जवरजस्ती आश्रमबाट निकालिएको वताएका थिए । सुवासले मानव सेवा आश्रममा विगत साढे दुई महिनादेखि खाना पकाउने काम गर्दै आएका छन् । उनलाई मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले काम लगाउने भन्दै बागलुङ पठाएका थिए ।

यो पनि पढ्नुहोस् : अध्यारो रातमा जब, मानव सेवा आश्रमको ढोका खुल्यो…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->