सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खोप लाउन आएका गलकोटका चार बालबालिकामा कुपोषण

खोप लाउन आएका गलकोटका चार बालबालिकामा कुपोषण

पोसिलो खानेकुरा दिएर घर पठाईयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०७७, मंगलबार

बागलुङ, १२ जेठ– गलकोटका चार बालबालिकामा शिघ्र कुपोषण देखा परेको छ । नियमित खोप लगाउने क्रममा ती बालबालिकामा शिघ्र कुपोषण देखिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले बताए ।
उमेर अनुसार तौल कम रहेका ती बालबालिकालाई स्वास्थ्य चौकीले पोषिलो खानेकुरा दिएर घर पठाएको छ । ‘चारै जनाको तौल कम छ, उमेरअनुसार बढेको पाईएन’ चौकीका प्रमुख दिलु प्रसाद सुवेदीले भने ‘हामीले चारपाँच पटक जाँच गरेर उनीहरुलाई (आरयुटिफ) पोसिलो खाना दिएर पठाएका छौं ।’
गलकोट नगरभित्र कुपोषित बालबालिका भेटिएको यो दोस्रो पटक हो । गत शनिबार स्वास्थ्य चौकीमा नियमित खोपका लागि आएका ७० बालबालिकामध्ये चार जना कुपोषित भेटिएका हुन् । पछिल्लो चार महिना यता अर्का एक बालकमा समेत कुपोषण देखिएपछि स्वास्थ्य चौकीले उपचार गरेको थियो ।
‘हामीले ९० दिनसम्म हरेक हप्ता जाँच गरेर उपचार गर्छौं’ सुवेदीले भने ‘घरको खानपानमा ध्यान नदिँदा र सुत्केरी आमालाई पोषणको कमी हुँदा बालबालिका कुपोषणको सिकार हुने गरेका छन् ।’
गलकोट नगरपालिकाको सहयोगमा हटिया स्वास्थ्य चौकीमा कुपोषणको उपचारका लागि ओसिटी सेन्टर सञ्चालनमा छ । ‘९० दिन हामीले उपचार गर्छौंं, त्यसपछि सुधार नभए पुर्नस्थापना केन्द्र पठाउँछौं’ उनले भने ‘गाउँका अधिकांश बालबालिका सुधार हुने गरेका छन् ।’
जिल्लामा कति बालबालिकामा कुपोषित छन् भन्ने एकीन तथ्यांक नभए पनि स्वास्थ्य कार्यालय बागलुङका अनुसार, देशभर कुपोषित बालबालिकाको संख्या १० प्रतिशत छ । पाँच बर्ष मुनिका बालाबालिकामा देखिने कुपोषणका कारण अन्य रोगहरुको जोखिम हुन्छ । बिभिन्न परियोजनाहरुले पोषण सम्बन्धि कार्यक्रम चलाईरहेको भएपनि नगरको मुकामकै कुपोषित बालबालिका देखिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->