शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भारतबाट आएका १३ जनामा कोरोना नरहेको पुष्टि

भारतबाट आएका १३ जनामा कोरोना नरहेको पुष्टि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०७७, मंगलबार

बागलुङ, १३ जेठ– भारतबाट आएर क्वारेन्टाइनमा बसेका बागलुङका १३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रादेशिक प्रयोगशाला पोखरामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण नरहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
आईतबार स्वाव संकलन गरेर सोमबार परीक्षणका लागि १४ जनाको स्वाव पठाईएको थियो । उनीहरुमध्ये एक जनाको नतिजा आउन बाँकी छ । ताराखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ११ जनामध्ये १० जना र काठेखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका तीनै जनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
नेपाल–भारत सिमा नाकामा अलपत्र परेका उनीहरुको स्थानीय तहले उद्धार गरि क्वारेन्टाइनमा राखेका थिए् । बागलुङमा सोमबार संकलन भएका थप ९२ जनाको स्वाब परीक्षणको क्रममा छन् । मंगलबार मात्रै स्वाव प्रयोगशाला पठाईएकाले बुधबारसम्म नतिजा आउने गुरौले जानकारी दिए ।
भारतबाट आएका ४७ जना, धौलागिरी अस्पतालका चिकित्सक तथा कर्मचारी ४० जना र पाँच जना पत्रकारको स्वाव परीक्षणको क्रममा छन् । उनीहरु सबै गत चैतमा कोरोना संक्रमण पुष्टि भएका बागलुङ दुई जनाको उपचार तथा सहयोग र समाचार संकलनमा अग्रभागमा रहेर काम गरेकाले परीक्षण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->