सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अग्निपीडितलाई लायन्स र रेडक्रसको सहयोग

अग्निपीडितलाई लायन्स र रेडक्रसको सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७७, बुधबार

बागलुङ, १४ जेठ– गलकोट नगरपालिका–७ मल्मका अग्निपीडित जुक्तबहादुर खड्काको परिवारलाई लायन्स क्लव अफ धवलागिरि र नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले सहयोग गरेको छ । मंगलबार क्लवले नगद पाँच हजार र रेडक्रसले भाँडाकुँडा, कम्मल, पाललगायत सामग्री उपलब्ध गराएको हो । सो अवसरमा रेडक्रस जिल्ला सभापति जब्बरबहादुर लामिछानेले व्यक्तिगत रुपमा २ हजार सहयोग गरेका छन् ।
क्लवका पूर्वअध्यक्ष एवं समाजसेवी देवबहादुर श्रेष्ठ र रेडक्रस जिल्ला सभापति लामिछानेले महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापा र गलकोट समाज बागलुङका अध्यक्ष राज थापामार्फत सहयोग हस्तान्तरण गरेका हुन् । नगदसहित राहत सामग्री मंगलबारै पीडित परिवारकोमा पु¥याइने केन्द्रकी अध्यक्ष थापाले बताइन् । अग्नीपीडित परिवारको जीवनयापन सहज बनाउन सहयोग गरिएको क्लवका उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
‘खाद्यन्नलगायत अत्यावश्यक सामानको जोहोका लागि नगद सहयोग गरेका हौँ”, उनले भने । रेडक्रस सभापति लामिछानेले मानवीय सेवामा रेडक्रस सदा अग्रसर रहने धारणा व्यक्त गरेका थिए । यसअघि अग्निपीडित परिवारलाई मल्मस्थित घुम्टे युवा परिवारको पहलमा खाद्यन्नलगायत राहत सामग्री प्रदान गरिएको थियो । परिवारको जापानस्थित शाखाका सहसचित तुलवीर थापाको आर्थिक सहयोगमा सामग्री उपलब्ध गराइएको हो ।
महिला जागरण केन्द्र मल्मले पनि पाँच हजार सहयोग गरेको छ । आइतबार दिउँसो भएको आगलागीले खड्काको घरमा पूर्ण क्षति पुगेको छ । खाद्यन्न, लत्ताकपडालगायत सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ । वडाध्यक्ष टीकाबहादुर थापाका अनुसार, आगलागीबाट झण्डै २० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले दिने राहतका लागि प्रकृया अघि बढाइएको वडाध्यक्ष थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->