शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण, अस्पताल ल्याईंदै

बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण, अस्पताल ल्याईंदै

उपचार गर्न धौलागिरी अस्पताल बागलुङले तयारी थाल्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७७, बुधबार

बागलुङ, १४ जेठ – बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा रहेका दुइ जना र तमानखोला गाउँपालिकाको धनगौज्योती मावि क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना संक्रमण भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला स्रोतले जनाएको छ । तमानखोलाको धनगौज्योती माध्यामिक विद्यालयमा रहेका ४ जनामा संक्रमण देखिएपछि उपचारका लागि धौलागिरी अस्पताल बागलुङ पठाउने तयारी भैरहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । बडिगाडको त्रिभुवन माविका दुईजनालाई पनि धौलागिरी अस्पताल ल्याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । संक्रमित तमानखोला-३ तमानका ४ जना र बडिगाड-८ दर्लिङका २ जना हुन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य छ ।
यद्धपि प्रतिष्ठानका प्रबक्ताले भने पुष्टि गरीसकेका छैनन् । बागलुङबाट बुधबार पठाईएका ९२ स्वाव मध्ये केहीको मात्रै रिपोर्ट आएको र ६ जनामा कोरोनाको संक्रमण देखा परेको प्रयोगशाला स्रोतले जनाएको छ । ६ जनामा कोरोना संक्रमण भएको खबर पाएपछि उनीहरुको उपचारका लागि धौलागिरी अस्पतालले आवश्यक तयारी थालेको छ । ‘हामीलाई तयारी गर्नु भनेपछि तयारी थालेका छौं’ अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले ढोरपाटनसंग भने, ‘संख्याको बिषयमा जानकारी आएको छैन् ।’ बागलुङमा झण्डै ४ सय जना भारतबाट आएर क्वारेन्टाइनमा वसेका छन् । उनीहरु मध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।
यसपूर्व, बागलुङमा दुईजनालाई कोरोना पुष्टी भएको थियो । उनीहरु नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित थिए । ६५ बर्षिय वृद्धा महिला र १९ बर्षिय युवती धौलागिरी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->