शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरी अस्पताललाई फेरि संक्रमित निको पार्ने जिम्मेवारी

धौलागिरी अस्पताललाई फेरि संक्रमित निको पार्ने जिम्मेवारी

यो अस्पतालले नेपालकै पाँचौ र छैठौ संक्रमित १९ बर्षिय युवती र ६५ बर्षिया महिलाको सफल उपचार गरेको थियो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

बागलुङ, १५ जेठ – बेल्जियबाट आएका बागलुङका २ जना कोरोना संक्रमितलाई निको बनाएर घर फर्काएको धौलागिरी अस्पताललाई अव भारतबाट आएका ६ जना संक्रमितलाई पनि निको पार्ने दायित्व थपिएको छ । जिल्लाका तमान र बडीगाडका ६ जनामा बुधबार कोरोना पुष्टि भएपछि उनीहरुको उपचारको जिम्मा पनि धौलागिरी अस्पतालले पाएको हो । नेपालकै पाँचौ र छैठो संक्रमितलाई सफल उपचारपछि निको बनाएर चौतर्फी वाईवाई कमाएको यस अस्पतालको टीमलाई थप जिम्मेवारी आइपुगेको छ ।
कोरोना भाइरस संक्रमणको पुष्टी भएका बागलुङको तमानखोला-३ तमानका ४ जना र बडिगाड- दर्लिङका २ जनालाई बुधवार दिउसो यही अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरुलाई पहिला नै निर्माण गरिएको वाइसोलेसन वार्डमा राखिएको छ । संक्रमितहरुको उपचारका लागि सवै तयारी गरेर अस्पतालले विरामी भर्ना गरेको अस्पतालका मेसु डा.शैलेन्द्र वि.पोखरेलले वताए । अत्यन्तै त्रास र शंकाका विचमा पनि २ जनाको उपचार गरीसकेको अस्पतालले अवको उपचार भने विगतको अनुभव र सिकाईबाट गर्नेछ । ‘हामीमा विगतको अनुभव पनि छ’, डा.पोखरेलले भने, ‘धेरै सिकाई पनि भएको छ, यसैका आधारमा सहजतापूर्वक संक्रमितको उपचार हुनेछ ।’ अहिले भर्ना भएका सवै भारतबाट आएका हुन् । उनीहरुलाई गाउँपालिकाले सिमा नाकाबाट उद्धार गरी क्वारेन्टाइनमा राखिएको थियो ।
अस्पतालमा कोरोना संक्रमित र शंकास्पदलाई राख्न १६ बेडका आइसोलेसन वार्ड तयारी अवस्थामा छन् । अहिले यो अस्पतालमा ६ जना संक्रमित र १ जना शंकास्पद विरामीको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । यो अस्पतालले नेपालकै पाँचौ र छैठौ संक्रमित बागलुङ नगरपालिका ४ की १९ बर्षिय युवती र बागलुङ नगरापलिका ३ की ६५ बर्षिया महिलाको सफल उपचार गरेको थियो । यी दुई बेल्जियबाट कतार हुँदै नेपाल आएका थिए ।
हाल अस्पतालमा रहेका ६ जना १९ बर्षदेखि २७ बर्ष उमेर समुहका सवै पुरुष हुन् । उनीहरु सवै रोजगारका लागि भारत गएर फिर्ता भएका युवा हुन् ।
आइसोलेसन वार्डमा राखेर उपचार भइरहेका उनीहरुको उपचारका लागि अस्पतालको सवै शक्ति परिचालन हुने अस्पताल विकास समितिका अध्यक्ष केबि राना मगरले वताए । आइसोलेसनमा उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->