सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

होटल व्यवसायी श्रेष्ठले गरे दैलेख हिँडेका मजदुरको उद्वार

होटल व्यवसायी श्रेष्ठले गरे दैलेख हिँडेका मजदुरको उद्वार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७७, शुक्रबार

बागलुङ, १६ जेठ– स्याङ्जाबाट दुई दिन पैदल हिँडेर बागलुङ आईपुगेका दैलेखका ८ जना मजदुरहरुको यहाँका एक होटल व्यवसायीले उद्धार गरेका छन् । लकडाउनका कारण काम रोकिएर छाक टार्नसमेत कठिन भएर स्याङ्जा, पर्वत बागलुङहुँदै पैदल दैलेख हिँडेका ८ जना मजदुरलाई बागलुङका होटल व्यवसायी सञ्जय श्रेष्ठले उद्धार गरेका हुन् ।
दुई दिनसम्म भोकभोकै हिँडेर पर्वत फलेवासको बाटोहुँदै शुक्रबार बिहान उनीहरु बागलुङ बजार आईपुगेका थिए । लामो हिँडाईका कारण थकित भएर सदरमुकाम बागलुङ बजारको ट्राफिक चोकमा अलपत्र परेका उनीहरुलाई बिहानको खाना खुवाएर श्रेष्ठले आफ्नै जीपमा रुकुम जिल्लाको सिमानाकासम्म पठाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका लगायतका सरोकारवालाई जानकारी गराए पनि उनीहरुको उद्धार नभएपछि आफ्नै जीपमा ढोरपाटन नगरपालिकाको बुर्तिबाङसम्म पु¥याउन पठाएको उनले बताए । ‘ढोरपाटनका मेयर’सापसँग पनि कुरा भएको छ । त्यहाँसम्म हाम्रो गाडीले पु¥याउँछ’ उनले भने ‘बागलुङ नगरपालिकालाई जानकारी गराउँदा प्रहरीलाई खबर गर्नु भन्यो, प्रहरीले गाडी खोजेर पठाउन भन्यो ।’
प्रहरीले भने आँफुहरुसँग सवारी साधन नरहेको र व्यवसायीले व्यवस्थापन गरेको गाडीको तेल खर्च उपलव्ध गराउन पहल गर्ने बताएको छ । ‘उहाँले पनि संकटमा सघाउन हुन्छ राम्रो गर्नुभयो ।’ प्रहरी निरीक्षक दिपक रिजालले भने ‘हामीसँग स्रोत हुँदै हारगुहार गरेर तल खर्च उपलव्ध गराउँछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->