शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

क्वारेन्टाइनका लागि मालिका समाजको ५० हजार सहयोग

क्वारेन्टाइनका लागि मालिका समाजको ५० हजार सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७७, मंगलबार

बागलुङ, २० जेठ – शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख कार्यक्षेत्र बनाई सामाजिक कार्य गर्दैआइरहेको मालिका सेवा समाज बागलुङले क्वारेन्टाइन ब्यवस्थापनका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका ५ वडा कार्यालयलाई क्वारेन्टाइन व्यवस्थापनका लागि ५० हजार सहयोग गरेको समाजका अध्यक्ष दुर्गा कुवँरले वताए । सो रकम वडा अध्यक्ष शिव सापकोटालाई मंगलवार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । समाजले प्रदान गरेको सहयोग रकम ग्रहण गर्दै वडाध्यक्ष सापकोटाले यो रकमलाई क्वारेन्टाइन ब्यवस्थापनका लागि नै प्रयोग गरिने प्रतिवद्धता ब्यक्त गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सहयोग गर्न सवैलाई आग्रह गरे ।
विश्वभर फैलिएको कोरोना भाइरस महामारीको विषम परिस्थितिमा कोरोना भाइरसको भयावह अवस्थालाई मध्यनजर गर्दै गृहगाउँलाई सहयोग गरेको अध्यक्ष कुँवरले वताए ।
समाजका अध्यक्ष दुर्गा कँुवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तेजवहादुर कँवुरले गरेका थिए । बागलुङ नगर कार्यपालिका सदस्य कालिका सापकोटा, समाजका कोषाध्यक्ष दुर्गा वहादुर केसी र सदस्य प्रकाश केसीले वोलेकी थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु कुँवरले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->