बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

बेनीको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

म्याग्दीमा अहिले १ सय २२ जना क्वारेन्टाइनमा बसेका छन्


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७७, बुधबार

म्याग्दी, २२ जेठ– सदरमुकाम बेनीको क्वारेन्टाइनमा बसेकाहरुलाई बुधबारदेखि योग प्रशिक्षण दिन शुरु गरिएको छ । बेनी नगरपालिकाको आयोजना तथा नविन आनन्द योग केन्द्र नेपालको समन्वयमा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दी ल्याएपछि न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण शुरू गरिएको योग केन्द्र नेपालका अध्यक्ष नविन जुग्जालीले बताए ।
उनका अनुसार, बुधबार बिहान न्यू वेष्ट प्वाइन्टमा रहेका ४० जनाबाट सुरू गरिएको प्रशिक्षण बेलुकी म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकालाई दिइने छ । म्याग्दीमा अहिले १ सय २२ जना क्वारेन्टाइनमा बसेका छन् । कोरोना भाइरससँग जुध्न नियमित योग साधनालाई समेत प्राथमिकता दिन अनुरोध गरिएको थियो । सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको योग प्रशिक्षणबाट क्वारेन्टाइनमा बसेकाहरु समेत उत्साहित छन् । हरेक दिन फरक फरक योग अभ्यास सञ्चालन गरिने जुग्जालीले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->