शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना उपचारका लागि नीजि अस्पताल प्रयोगमा : मुख्यमन्त्री गुरुङ

कोरोना उपचारका लागि नीजि अस्पताल प्रयोगमा : मुख्यमन्त्री गुरुङ

विदेशबाट आउने सवैलाई क्वारेन्टाईनमा, परीक्षणलाई सहज बनाउने पिसिआर मेसिन खरिद गर्दै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७७, बिहिबार

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको ज्यान बचाउनु गण्डकी प्रदेश सरकारको पहिलो दायित्व भएको बताएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको विहिवार दिउसो संसदमा जवाफ दिदै मुख्यमन्त्री गुरुङले अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नु, नियन्त्रण गर्नु र उपचार गर्न आवश्यक ध्यान दिइएको वताए । त्यसका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोनाको उपचार गर्ने अस्पतालका रुपमा विकास गरिएको बताए । संक्रमित बढ्दै गएमा सरकारले नीजि अस्पताललाई यसका लागि लिन सक्ने बताउदै उनले मणिपाल, जिएमसी लगायतका नीजि अस्पताल पनि प्रयोग गरिने कुरामा सांसदहरुलाई आश्वस्त पारे । ‘अस्पताल दिन्न । काम गर्दिन भन्ने हुन्न, भन्न पाइन्न ।’ मुख्यमन्त्री गुरुङले सदनमा भने, ‘जनताको ज्यान बचाउनु राज्यको दायित्व हो, संघीय सरकारले पनि भनेको छ, यस्तो भन्ने र गर्नेलाई कारवाही हुन्छ ।’
मुख्यमन्त्री गुरुङले आगमी साउन महिनासम्ममा गण्डकी प्रदेशमा विदेश गएका ३० हजार नागरिक फर्कने अनुमान गरेको वताए । भारत र तेश्रो मुलुकबाट साउन महिनासम्ममा ३० हजार नागरिक फर्कने भएकाले उनीहरुलाई लक्षित गरेर सरकारले योजना बनाइरहेको बताए । ३० हजार जना सबैको पिसिआर टेष्ट हुन्छ भन्दै त्यसका लागि पिसिआर म्यासिन थप्न थालिएको बताए ।
परिक्षणलाई सहज बनाउन प्रदेश सरकारले थप १ पिसिआर मेसिन खरिद गर्ने तयारी गरेको वताए । प्रदेशमा हाल २ वटा पिसिआर मेसिन छन् । हाल दैनिक ५ सय नमुना परीक्षण गर्ने क्षमता रहेकोमा नयाँ खरिद गरेपछि दैनिक ७ सय नमुना परीक्षण गर्न सकिने उनले बताए । कोभिडको प्रभावपछि पोखरामा प्रदेश प्रयोगशाला स्थापना भएको भन्दै हाल प्रदेशमा भिटिएम ६ सय मौज्दात रहेको र २६ हजार खरिद गर्न १० दिने सूचना जारी गरेको जानकारी दिए । उनले भने, ‘केन्द्रको भर परेका छैनौं । हामीले चाहिने बेलामा पाएका छैनौं । हाम्रो तयारी हामी आफैंले गरेका छौं । क्षमता अनुसार काम गरेका छौं ।’ विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको पनि मुख्यमन्त्री गुरुङले वताए । मुख्यमन्त्री गुरुङले अहिले प्रदेशसभामा सांसदहरुले उठाएका सवालहरुमा जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->