शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गाउँमै राख्ने योजनामा मानेन् स्थानीय तह

गाउँमै राख्ने योजनामा मानेन् स्थानीय तह

दशैजना संक्रमित धौलागिरी अस्पतालमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७७, बिहिबार

बागलुङ, २२ जेठ– धौलागिरी अस्पतालको आईसोलेसन भरिएपछि बैकल्पिक स्थानको खोजी गरि संक्रमितको उपचार गर्ने जिल्ला कमाण्ड पोष्टको योजना असफल भएको छ ।
बिहिबार दशजनामा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बाहिरका स्वास्थ्य संस्था वा उपयुक्त ठाउँमा आईसोलेसन बनाएर बिरामीको उपचार गर्ने योजना बनाएको जिल्ला कमाण्ड पोष्टले अहिलेसम्मका सबै बिरामीको उपचार धौलागिरी अस्पतालमा नै गर्ने निर्णयमा पुगेको हो । कमाण्ड पोष्टको निर्णयसँगै दशै जना संक्रमितलाई धौलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । जिल्लाको बडिगाड गाउँपालिकाका ४ जना भने अस्पताल आईसकेका छन् ।
स्थानीय तहले पूर्वाधार र जनशक्ति नरहेको भन्दै असहमति जनाएपछि विकल्पको खोजी गर्ने र तत्कालका लागि धौलागिरी अस्पतालमा नै आईसोलेसन बिस्तार गरेर सबै बिरामीलाई राख्ने कमाण्ड पोष्टले निर्णय गरेको छ । बिहिबार बसेको कमाण्ड पोष्टको बैठकले अस्पतालमा १२ बेडको क्षमता रहेकाले १२ बेड थप गरि बिहिबार थपिएका १० जनालाई अस्पतालमा राख्ने निर्णय गरेको हो । अस्पतालमा थप १२ बेड आईसोलेसन बनाउने निर्णय भएसँगै प्रसुति वार्ड खाली गरि आइसोलेसन बनाइएको अस्पतालले जनाएको छ ।
प्रसुति वार्डलाई सामान्य कोठामा व्यवस्थापन गरेर आईसोलेसन बनाईएको सूचना अधिकारी तिर्थ गौतमले बताए । यस्तै, कमाण्ड पोष्टले अस्पतालमा २४ बेडको आइसोलेसन र बागलुङका स्थानीय तहको समन्वय र व्यवस्थापनमा धौलागिरी बहुमुखी क्याम्पस, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नरेठाँटी उपस्वास्थ्य चौकी भवन र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ८६ बेडको प्रि–आइसोलेसन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
‘हामीले तयारी गर्दै थियौं तर स्थानीय तह मान्नु भएन’ कमाण्ड पोष्टका संयोजक गौलोचन शैंजुले भने ‘अन्ततः हामीले यहिँ ल्यायौं, तर माथि बनेको निर्देशिका अनुसार अब डाक्टरको सिफारिसमा मात्रै बिरामी अस्पताल आउने छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->