सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आईसोलेसनका युवालाई उपचारका लागि पोखरा पठाईयो

आईसोलेसनका युवालाई उपचारका लागि पोखरा पठाईयो

भारतबाट आएका ति युवामा उच्च ज्वारो देखिएपछि केही दिनअघि अस्पतालको आईसोलेसनमा राखिएको थियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७७, बिहिबार

बागलुङ, २२ जेठ– कोरोना आशंकामा धौलागिरी अस्पतालको आईसोलेसनमा बसेर उपचार गराईरहेका एक युवालाई थप उपचारका लागि पोखरा पठाईएको छ ।
श्वासप्रस्वास, लिभर र रगतमा समेत समस्या देखिएपछि जिल्लाको गलकोट नगरपालिकाका २३ बर्षिया पुरुषलाई गण्डकी अस्पताल पोखरा पठाईएको हो । भारतबाट आएका ति युवामा उच्च ज्वारो देखिएपछि केही दिनअघि अस्पतालको आईसोलेसनमा राखिएको थियो ।
उनी नेपाल प्रबेश गर्नुपूर्व गरेको पीसीआर जाँच र नेपाल प्रबेश गरेपछिको पीसीआर जाँचमा समेत कोरोना नरहेको पुष्टि भएपनि कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षणका कारण उनलाई आईसोलेसनमा राखेर उपचार गरिएको थियो ।
एकाएक उनको स्वास्थ्यमा समस्या आएपछि गण्डकी अस्पताल पोखरा पठाईएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले बताए । अस्पताल भर्ना भएपछि तेस्रो पटक लिईएको थ्रोट स्वावको नतिजा आउन भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->