सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संकटमा सञ्चारको भूमिका महत्वपूर्ण :अध्यक्ष आचार्य

संकटमा सञ्चारको भूमिका महत्वपूर्ण :अध्यक्ष आचार्य


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७७, बिहिबार

बागलुङ, २२ जेठ– पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संकटको समयमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
बिहिबार बिहान बागलुङका पत्रकारहरुसँगको संक्षिप्त भेटमा आचार्यले संकटको समयमा समस्यामा रहेका नागरिकको गतिलो सहारा सञ्चार जगतले उजागर गरेका नागरिकका समस्या मात्रै राज्यले सुन्ने दाबी गरे ।
उनले संकटको फाईदा उठाएर अफवाह फैलाउँदै व्यक्तिगत फाईदामा लाग्नेहरु सक्रिय हुँदा सञ्चार क्षेत्रले मात्रै त्यस्ता अफवाह रोक्न सक्ने बताए ।
भेटमा प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले संकटको समय वास्तविक पत्रकारिता गर्नेहरुको पहिचान हुने समय भएको बताए । स्वार्थका लागि पत्रकारितामा लाग्नेहरुले संकटको सामना गर्न नसक्ने भन्दै श्रेष्ठले जनबोली बोल्ने पत्रकार मात्रै सच्चा पत्रकारितामा लागेको हुने दाबी गरे ।
प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले कोरोनाका कारण प्रभावित भएका सञ्चारमाध्याम र सञ्चारकर्मीलाई कसरी सुरक्षित राख्ने भन्ने बिषयमा छलफल आवश्यक रहेको बताए ।
उनीहरु कोरोना महामारीमा जिल्लामा रहेर पत्रकारिता गर्नेहरुको अवस्थाबारे जानकारी लिनका लागि बागलुङ आएका हुन । यसअघि म्याग्दी र पर्वतमा पुगेर उनीहरुले पत्रकारहरुसँग छलफल गरेका थिए ।
महासंघका अध्यक्ष आचार्यले लकडाउन पछिको अवस्था र तत्कालिन अवस्थाको बिषयमा महासंघले योजना बनाउनका लागि सुझाव लिन जिल्ला आएको बताए । उनले महासंघले सरकारसँग राखेका केही मागहरु सम्बोधन हुने चरणमा रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जिल्लाका पत्रकार र पत्रकारिताको अवस्थाबारे जानकारी गराएका थिए । कोरोना संकटबीच जिल्लामा अग्रभागमा खटिरहेका ५२ जना पत्रकारको वीमा, तीन चरणमा पत्रकार सञ्चार संस्थाका लागि स्वास्थ्य सुरक्षा सामग्री र दैनिक जिविकामा समस्या भोगिरहेका ८ जना पत्रकार सञ्चारकर्मीलाई प्रतिव्यक्ति दुई हजार पाँच सय बराबरको खाद्य सामग्री सहयोग गरिएको अध्यक्ष शिरीषले जानकारी दिए । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->