सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्वारेन्टाईबाट बेपत्ता थापा भेटिएनन्, फर्कियो गोताखेर टोली

क्वारेन्टाईबाट बेपत्ता थापा भेटिएनन्, फर्कियो गोताखेर टोली


  • धु्रबसागर शर्मा
  • जेष्ठ २४ २०७७, शनिबार

म्याग्दी २४ जेठ – म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनबाट म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएका धवलागिरी गाउँपालिका–७, धारापानीका १९ बर्षिय राजेश थापाको खोजीका लागि आएको शसस्त्र प्रहरीको तालिमप्राप्त गोताखेरको टोली फर्किएको छ ।
मंगलबार दिउँसो खोलामा नुहाउन जाने क्रममा बेपत्ता भएपछि बुधबार साँझ दरबाङ पुगेर बिहिबार र आज शुक्रबार खोजीकार्य गरेपनि फेला नपरेपछि फर्किएको दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले जानकारी दिए । बिहिबार छ्यारछ्यारेबाट रातढुंगासम्म खोजी गरेको टोलीले शुक्रबार बावियाचौर तथा आसपासका क्षेत्रसम्म खोजी गरेको थियो ।
शसस्त्रको खोजीकार्यमा मालिका, धवलागिरीका जनप्रतिनिधि सहित प्रहरीले समेत सघाएका थिए । खोलामा बेपत्ता भएपछि पत्ता लगाउन नसकेपछि शसस्त्र प्रहरीको पोखराबाट ६ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित ८ जनाको टोली परिचालित गरिएको थियो ।
बेपत्ताको खोजीकार्यलाई जारी राखिने भएपनि शसस्त्रको टोली फर्किएको प्रशासनले जनाएको छ । तालिमप्राप्त टोलीलाई गाउँपालिका सहित स्थानीय जनप्रतिधिले समेत सघाएको थियो । खोज तथा उद्धारमा शसस्त्रको गोताखोर टोलीलाई निकै भरपर्दो मानिन्छ । बेपत्ता थापा सहित भारतबाट फर्किएका १८ जनाको पिसिआर नेगेटिभ आएपछि मालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->