बागलुङ, २६ जेठ– नेपाली कांग्रेसका केन्द्रिय सदस्य किरण पौडेलले बागलुङ नगरपालिकाका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । स्व. पिता हेमराज शर्मा पौडेलको स्मृतिमा पौडेलले सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
कोरोना महामारीसँग जुधिरहेको जन्मभूमिलाई सहयोग गर्नु दायित्व भएको भन्दै पौडेलले स्टार फाउण्डेशनको आर्थिक सहयोगमा प्रत्येक वडाका लागि २ सय ५० थान सर्जिकल मास्क, १० थान केएन–९० माक्स, दुई सय थान ग्लोब्स, दुई लिटर सेनिटाईजर र २ थान थर्मलगन वडा अध्यक्षलाई हस्तान्तरण गरे । स्वास्थ्य सामग्री अमलाचौरका वडाध्यक्ष गुरुदत्त पाठक र पैयुँपाटाका कार्यबहाक वडाध्यक्ष एकनाथ रेग्मीलाई हस्तान्तरण गरिएको थियो ।





