शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा संक्रमितको संख्या १२० पुग्यो, मृतकको शव उठेन

गण्डकीमा संक्रमितको संख्या १२० पुग्यो, मृतकको शव उठेन

नवलपुरमा थपिए एकैदिन पाँच जना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७७, सोमबार

पोखरा, २६ जेठ– गण्डकीको कान्छो जिल्ला नवलपुरमा ५ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रेस विज्ञप्ति जारी गर्दै नवलपुरको गैडाकोट र कावासोती नगरपालिकामा गरि ५ संक्रमित थपिएको जानकारी दिएको हो । निर्देशनालयका अनुसार गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ३३ र ३९ वर्षका २ पुरुष र सोही जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २१ र ४० वर्षका दुई पुरुष त्यसै गरि ६३ वर्षिय महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । संक्रमित पाँचै जनलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा उपचार गराउने तयारी भैरको निर्देशनालयले जनाएको छ । आज बिहान मात्रै गण्डकी प्रदेशमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतकको शव अन्त्येष्टिको भने अझैं सम्म टुंगो लाग्न सकेको छैन । उनको अन्त्यष्टि गर्ने स्थानको बिषयमा स्थानीयले बिबाद निकाले पछि अन्त्यष्टि अनिस्चित भएको हो । गण्डकी अस्पतालको आईसोलेसनमा रहेको उनको शवसँगै रहेका ३ जना उनको शव ननिस्किँदा बाहिर निस्कीन पाएका छैनन् । शवसँगै रहने अस्पतालका नर्स र आफन्त हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->