बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको रायखोरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

म्याग्दीको रायखोरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७७, बुधबार

म्याग्दी, २८ जेठ – उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–६ रायखोरमा गएराती पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले परिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माका अनुसार मंगलबार (हिजो) राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठमा लेदोसहितको पहिरो आएपछि गोठ नै पुरिएको हो ।
गोठमा सुतिरहेका उनीहरु अचानक गोठ माथिबाट पहिरो आएपछि बाहिर निस्कन नसक्दो पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र रोशनीलाई मृत फेला पारेका प्रहरी निरीक्षक शर्माले बताए । पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठमा रहेका अन्नपात, भाडाबर्तन लगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति भएको छैन् । थप उद्दार र अनुसन्धानका लागि अहिले बिहान प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ ।
म्याग्दीमा विगत तीन दिनदेखि रातमा भीषण वर्षा भएको छ । खहरे खोलाहरु उर्लिएका छन् भने म्याग्दी र कालीगण्डकी नदीको सतह पनि बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->