पोखरा २९ जेठ – पोखरामा सरकार विरुद्ध युवाहरुले आन्दोलन गरेका छन । सरकारको गलत कदमप्रती खबरदारी गर्दै संकटको बेला पनि सरकार लाचार रहेको भन्दै पोखराका युवाहरुले सामाजिक दुरि कायम गर्दै आन्दोलन गरेका हुन । एक घण्टे शान्तिपूर्ण आन्दोलन भनिएपनी प्रधानमन्त्री केपि ओलिको राजिनामाको गर्दै नाराबाजी गर्दा प्रहरीओए हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछी भिड झन उग्र हुदाँ सामान्य झडप भएको थियो । प्रधानमन्त्रीको राजिनामाको माग गर्दै नारा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमबहादुर केसी र विमल पहारी रहेका छन ।
कोरोनाको संक्रमणले प्रभाव परेको अवस्थामा क्वारेन्टिन व्यबस्थित नभएको र कोरोना परिक्षणमा आरडिटी बन्द गरी शत प्रतिशत पिसीआर परिक्षण गर्न माग राख्दै सरकार बिरुद्ध पोखरेली युवा सडकमा आएका हुन ।
शान्तिपूर्ण आन्दोलनका क्रममा युवाहरुले प्रधानमन्त्रीको राजिनामाको समेत माग गरेका छन ।
आफूहरुको योजना र नीति विपरित नाराबाजी भएको युवा अभियन्ता सलिजा श्रेष्ठले कुनै राजनीति दलका कार्यकर्ताले आन्दोलनलाई उग्र बानाउने प्रयास गरेको बताइन् । हामीले शान्तिपूर्ण र मौन प्रदर्शन गरेका हौं, तर हाम्रो आन्दोलनलाई मौकाको रुपमा लिएर उग्र बनाउन खोजियो । पक्राउ परेकाको जिम्मा हामिले लिन सक्दैनौं ू श्रेष्ठले भनिन् ।
सरकारलाइ आफ्नो जिम्मेवारीको बोध गराउन र अव्यवस्थित क्वारेन्टाइन हटाइ विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको क्वारेन्टाइन बनाउनु पर्ने र कोरोना रोकथामको लागी छुट्याइएको १० अर्व रुपैयाँ फिर्ताको माग गर्दै आन्दोलन गरेका हुन ।
हामीलाई क्वारेन्टाइनमा मासुभात चाहिएको छैन दाल भात भए पुग्छ तर गुणस्तरीय होस् । हामी भेडा बाख्रा होइनौ मानव हौं ब्यवस्थित र स्वास्थ्य क्वारेन्टाइन भए पुग्छू युवा अभियन्ता मध्येकि एक स्मृति बरालले भनिन् । त्यस्तै हितजंग कार्कीले आर डि टि परिक्षण र सरकार एउटै भएको संज्ञा दिए । ू हामी रोजगार को लागी, शिक्षाको लागि विदेशीन बाध्य छौ । अहिलेको परिस्थिति सरकारले देखेर पनि नदेखेको जस्तो गर्छ । सरकारले गैरजिम्मेवारी जवाफ दिनेमात्र काम भएको छू कार्कीले भने ।







