सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्वारेन्टाइनमा रहेका युवालाई अस्पताल ल्याईँदै

क्वारेन्टाइनमा रहेका युवालाई अस्पताल ल्याईँदै

लामो समय एकान्तबास बस्दा मानसिक समस्या


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३२ २०७७, आइतबार

बागलुङ, ३२ जेठ– बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापको क्वारेन्टाइनमा रहेका एक युवालाई धौलागिरी अस्पताल बागलुङ पठाइएको छ । उनी एक्कासी बिरामी परेपछि नगरपालिकाको स्वास्थय शाखाले धौलागिरी अस्पताल बागलुङ पठाएको हो ।
कसैसँग नबोल्ने एकोहोरो हेर्ने र सुतिरहने समस्या देखिएकाले उनमा मानसिक समस्या हुनसक्ने भन्दै अस्पताल पठाईएको स्वास्थय शाखा प्रमुख गोविन्द आचार्यले बताए । परिवारका सदस्य नजिक जाँदा बोल्ने र अरुबेला खानापिनका लागि समेत उठ्न नसक्ने समस्या देखिएपछि उनलाई अस्पताल ल्याउन लागिएको आचार्यले बताए ।
१५ दिन पहिला भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवामा डिप्रेसनको समस्या हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘अरु केही समस्या देखिँदैन तर उठ्दै नउठ्ने र बोल्दै नबोल्ने गरेकाले अस्पताल पठायौं’ आचार्यले भने ‘कोरोनाभन्दा पनि लामो समय एकान्तबास बस्दा मानसिक हिसाबले असर गरेको हुनसक्छ ।’ उनीलगायत क्वारेन्टाईनमा बसेकाहरुको गत जेठ २७ गते थ्रोट स्वाव संकलन गरेर प्रयोगशाला पठाईएको भएपनि नतिजा नआएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->