बागलुङ, २ असार– मंगलवार कोरोना संक्रमण पुष्टि भएका बागलुङको ताराखोलाका ३४ बर्षिया पुरुषलाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसन ल्याईएको छ । उनलाई उपचारका लागि सदरमुकाम स्थित प्रि–आईसोलेसन पठाएको हो । उनको मंगलवारनै धौलागिरी अस्पतालका चिकित्सकहरुले सामान्य चेकजाँच गरेका छन् । कोरोनासँग सम्बन्धित कुनै लक्षण नदेखिएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले प्रि–आईसोलेसनमा राखिएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए । झण्डै दुईसाता पहिले भारतबाट आएका उनी दुर्गा भवानी माध्यमिक क्वारेन्टाइन ताराखोला–५ मा बसकेका थिए । गलकोटको आरोग्य अस्पतालमा निर्माण थालिएको आईसोलेसन तयार भैनसकेकाले उनलाई सदरमुकाम ल्याईएको हो । उनलाई ताराखोला गाउँपालिकाको एम्बुलेन्सले बागलुङ लाएको हो ।
तस्विरः महेन्द्र घर्ति ‘संगम’ /ताराखोला





