बागलुङ, ३ असार– घाँस काट्ने क्रममा रुखबाट खसेर बागलुङको ताराखोलामा आज एक जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ का अन्दाजी ३० बर्षिया धनबहादुर घर्तिको रुखबाट खसेर मृत्यु भएको ताराखोलाबाट पत्रकार महेन्द्र घर्तिले ‘संगम’बजानकारी दिए । ताराखोला गाउँपालिका–५ कै छेल्दरको भिरमा रुखमा चडेर घाँस काट्ने क्रममा उनी रुखबाट खसेका थिए । घटनास्थलै उनको मृत्यु भएको घर्तिले बताए ।
उनीसँगै घाँस लिन गएका बालबालिकाले खवर गरेपछि गाउँपालिका अध्यक्ष र प्रहरी सहितको समुह घटना स्थल जाँदै छ । मृत्युको खवर आएकाले घटनास्थल तर्फ हिँडेको ताराखोला प्रहरी चौकी प्रमुख युवराज सलामि मगरले जानकारी दिए ।





