सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फापरखेतमा पहिराेले घर पुरियाे, एक महिला वेपत्ता !

फापरखेतमा पहिराेले घर पुरियाे, एक महिला वेपत्ता !


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७७, शनिबार

फाइल तस्विर

बागलुङ, ६ असार – जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामको फापरखेत ठोट्नेरीमा पहिरोले एक घर पुरिएको छ । शुक्रबार रातीदेखि परेको बर्षाको कारण शनिबार विहान घर माथिबाट आएको पहिरोले स्थानीय टिका बहादुर पुनको घर पुरिदा उनकी श्रीमती विमला पुन बेपत्ता भएकी छन। अहिले स्थानियहरुले उद्धार गरिरहेका छन् । पहिरोबाट एक बच्चाको उद्धार गरिएको छ । पानी परिरहेको र पहिरो गइरहेकोले उद्धारमा समस्या भइरहेको स्थानीयले वताएका छन । जानकारीपछि प्रहरी घटनास्थलतर्फ जाँदैछ । त्यहाँका अन्य २ घर पनि पहिरोको जोखिममा रहेको स्थानीयले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->