बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राष्ट्रिय अनलाइन वक्तृत्वकलामा बर्दियाकी प्रश्ना प्रथम

राष्ट्रिय अनलाइन वक्तृत्वकलामा बर्दियाकी प्रश्ना प्रथम


  • Dhorpatan News
  • असार ८ २०७७, सोमबार

पोखरा, ८ असार – नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्धारा आयोजित माविस्तरी राष्ट्रिय अनलाइन वक्तृतवकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरणमा गरी १४ दिनसम्म चलेको प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु मावि बर्दियाकी प्रश्रा सुवेदी प्रथम हुन सफल भएकी छन् । यसगरी दमकडा मावि पाल्पाका दृष्टिविहीन सन्दिप थापा द्वितीय, अमरसिंह नमुना मावि पोखराकी अपेक्षा अधिकारी तृतीय भएकी छन् ।
प्रतियोगितामा विजेता उनीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थीहरुबाट विभिन्न चरण हुँदै टप टेन फाइनलिस्टबाट उनीहरु पुरस्कृत भएका हुन् । कार्यक्रममा समीक्षकका रुपमा साहित्यकार बासुदेव अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष विष्णुहरि त्रिपाठी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, सचिवालय सदस्य कमला थापा, महासचिव हंशबहादुर शाही, राष्ट्रिय समितिका उपाध्यक्ष जंगबहादुर गर्बुजाले मन्तव्य, संगठन उपाध्यक्ष वसुन्धरा पौडेलले स्वागत मन्तव्य, संगठनका जिल्ला उपाध्यक्ष हर्ककहादुर लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए र संगठन जिल्ला अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रविधि संयोजन दामोदर तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->