पोखरा, ८ असार – जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो समय गलत काम गर्ने ११८ जना प्रहरीलाई कारवाही गरिएको जनाएको छ । एसपी दानबहादुर कार्कीले कास्की प्रहरी प्रमु्खको जिम्मेवारी सम्हालेदेखि ८ जनालाई जागिरबाट निकालिएको,२ जनाको दर्जा घटुवा गरिएको,८ जनाको सुरुको स्केल घटाइएको,१२ जनाको ग्रेड घटाइएको,६ जनालाई निलम्बन गरिएको ,१० जना स्वतः निलम्बनमा परेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसैगरि,१ जनाको पदोन्तति रोकिएको,६ जनाको ग्रेड रोकिएको,६१ जनालाई नसिहत दिइएको र ४ जनालाई सचेत गराइएको पनि एसपी कार्कीले बताए । उता यही अवधिमा १७६ जना राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत पनि गरिएको छ । दानबहादुर कार्कीको सरुवा भएर उनको ठाउँमा जीवनकुमार श्रेष्ठ आएका छन् ।





