बागलुङ, १३ असार– गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार बेलुका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा शनिबार संक्रमण देखिनेको संख्या ८२ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार, शनिबार बेलुका बागलुङका २५ पुरुष तथा २ महिला, तनहुँका ३ जना पुरुष तथा ३ महिला र पर्वतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङमा थपिएका संक्रमितहरुमध्ये बागलुङ नगरपालिकाका १७, बडिगाड गाउँपालिकाका ६ र काठेखोला गाउँपालिकाका २ महिला र २ पुरुष गरी ४ जना रहेका छन् । उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको निर्देशनालयले जनाएको छ ।
यसअघि शनिबार बिहान प्रदेशका ३२ जना र दिउँसो थप १६ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ८८ पुगेको पुगेको छ । प्रदेशका संक्रमितमध्ये १ सय २१ जना निको भएर घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।





