पोखरा, १४ असार– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार दिउसो जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका बागलुङ, म्याग्दी, पर्वत, लमजुङ र पोखरामा गरि थप ७ जना संक्रमित देखिएपछि यो अवस्था आएको हो । पछिल्लो पटक बागलुङको बागलुङ नगरपालिकाका २९ र ६५ वर्षीय पुरुष, म्याग्दीको बेनी नगरपालिकाका ३० र ४० वर्षीय महिला, पर्वत कुश्माका २२ वर्षीय पुरुष, लमजुङ घर भई आँबुखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष तथा पोखरा महानगरपालिकाका ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यता, गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार आइतबार नै ६ महिलासहित ४९ जनाले कोरोनालाई जितेका छन् । स्याङ्जाका ४ महिला र २८ जना पुरुष, म्याग्दीका ३ जना पुरुष, तनहुँका एकजना महिला र ५ जना पुरुष एंव पर्वतका एक महिला र ७ पुरुष कोरोना जितेर घर फर्केका छन् ।





