बागलुङ, १४ असार– गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जन्म दिनको अबसरमा मानवसेवा आश्रममा सहयोग गरेकी छिन् ।
काउचाले आँफै उपस्थित हुन नसकेपछि धौलागिरी अञ्चल अस्पतालका क्षयकुष्ठ सुपरभाइजर देबप्रकाश घिमिरे मार्फत नगद पठाएकी हुन् । आइतवार घिमिरेले आश्रम संचालक सुमिला लामालाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गरे ।
काउचाले जन्मदिनको अबसरमा हुने अनावस्यक खर्चलाई घटाएर सामाजिक क्षेत्रमा लगाउन यो सहयोग गरेको बताइन् । जन्मदिनको अबसर पारेर फजुल खर्च गर्ने क्रम घटेर सामाजिक क्षेत्रमा लगाउने क्रम बढीरहेको छ । काउचाले आफ्नो सहयोगबाट आश्रममा बसेकालाई सानो सहयोग मार्फत एकदुइ छाक खाने व्यवस्थापन गराएको बताइन् । हस्तान्तरण कार्यक्रममा लामाले सहयोगी हातबाटै आश्रम संचालन भएको बताइन् । आश्रममा ३५ जना आश्रितहरु छन् । साथै आश्रममा बालबालिकाहरुपनि रहेका छन् । उनीहरुको लालनपान दान रकमबाटै चलिरहेको छ ।





