बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण

म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण

 संक्रमितको संख्या १७ पुग्यो , थप उपचारका लागि पोखरा रिफर


  • ढोरपाटन संवाददाता
  • असार १५ २०७७, सोमबार

म्याग्दी, १५ असार– म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । ६७ बर्षिया महिला उपचारका लागि शनिबार बेनी अस्पताल आएकी थिइन् ।
आइतबार जाँच गर्दा महिलामा डेङ्गु संक्रमण देखिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको सुचना अधिकारी सुवेदीले बताए । उनका अनुसार ती महिलामा उच्च ज्वरो आउने , टाउको दुख्ने ,शरिर दुख्ने लगायतका लक्षण देखा परेको थियो । यस संगै बेनी अस्पतालका अनुसार यो सिजनमा मात्र डेङ्गु संक्रमितको संख्या १७ पुगेको छ । यस अघिका विरामी निको भएर घर फर्किएका छन् ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना कहरका विच म्याग्दीमा डेङ्गु संक्रमित विरामीको संख्या बढ्ढै गएपछि म्याग्दीमा थप सतर्कता अपनाइएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुन्छ । गर्मी समय र बर्षायाम सुरु भएसंगै डेङ्गु संक्रमण फैलिने सम्भावना बढी हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझाव छ । म्याग्दी डेङ्गुको नेपालकै उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->