बागलुङ, १७ असार– पूर्वाधार बिकास कार्यक्रमको १ करोड ५० लाख र सडक बिभागको १ करोडमा स्तरोन्नतीको काम गरिएको सिगाना जाने सडकमा दर्जनौ पहिरो खसेपछि बागलुङ नगरपालिका–८ का अध्यक्ष राजन जिसी डोजर लगाउन व्यस्त छन् ।
बर्षात् लागेपछि खसेका पहिरोले सिगानामा मात्रै ६ घर र केही गोठ जोखिममा परेका छन् । काठेखोलादेखि पहिलो खण्डमा बिभाग र दोश्रो खण्डमा पूर्वाधारले काम थालेको हो । नियमित जिप र ट्रयाक्टरमार्फत खाद्यान्न ढुवानी गर्ने यो सडक अबरुद्ध भएपछि स्थानीयले सास्ती खेपेको जिसीले बताए । ‘काम त पहिलेनै थालेका थिए, लामो समय गरेनन्, बर्षाले छोपेपछि डोजर लगाउ“दा यो गति भयो’ जिसीले भने, ‘अत्यावस्यक सामाग्री ढुवानीमा समस्या परेको छ ।’ ग्रामीण सडकको रुपमा गतबर्ष नियमित चलेको सडक यो बर्ष झन् जोखिम भएको उनले बताए । बर्षातले जोखिममा परेको सडक र घरगोठ जोगाउन तारजाली र प्लाष्टिक ओडाएर राख्ने काममा लाग्नु परेको जिसीको गुनासो छ ।
बरेङ गाउ“पालिका–१ धुल्लुबास्कोटमा सडक खन्नेक्रममा थुप्रिएको माटो बगेपछि केही घर जोखिममा छन् । मध्यपहाडी लोकमार्गको बिहु“ खण्डमा पनि झरीमै माटो र ग्राभेल बिच्छाउने काम भैरहेको छ । पहिरोले नाली थुनिएपछि बाढी सडकबाटै हिड्दा छेउका घरटहरामा क्षति पुग्न थालेको काठेखोला गाउ“पालिका वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कंडेलले बताए ।
राजमार्गकै बिच बिचमा सडक चर्केपछि बिहु“को इनारपानी नजिकै झण्डै ५ सय मीटरमा जोखिम मोलेर सवारी गुडेका छन् । लोकमार्ग र ग्रामीण सडकसमेत भत्केर सदरमुकामका लागि ल्याएको खानेपानी पाइप बगाउ“दा ६ दिनसम्म बजारमा पानी आपूर्ति रोकिएको छ । बजारबासी काठेखोलाबाट पिठ्यु“मा बोकेर ल्याउन बाध्य छन् । हिउ“दमा काम नगरी बर्षात् लागेपछि मात्र काम गर्ने प्रवृत्तीले भएका संरचना पनि बिग्रने र दुर्घटनाका जोखिम बढ्ने गरेको जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले बताए ।
‘पैसा निकासा गर्ने निहु“मा बर्षात्मा मात्रै काम गर्ने चलन नहटेसम्म दुर्घटनाहरु पनि रोकिन्न्’ ढुंगानाले भने, ‘समन्वयको अनुगमनको क्रममा संसद बिकास कोषको रकमले गरेका काम र प्रदेश सरकारको पूर्वाधार कार्यालयको काममा बढी जोखिम बढेको भेटिएको उनले बताए ।’ स्थानीय नेता र कार्यकर्ताको चाहनामा सडक खन्ने काम गरिएकोले जोखिम देखिएको उनले बताए । सडक बिभागले गरेका काम दिगो भएपनि चालु बर्षको बजेट सक्न भने असार लागेपछि मात्रै काम थालिएका हुन् ।
कालीगण्डकी करिडोरको बेवास्ताले बागलुङ नगरपालिका–१३ को पैयु“पाटास्थित कालाखोला नजिकै ५ वटा घर बग्ने खतरामा पुगेका छन् । ३ घरमा पहिरो खस्ने जोखिम छ । गतबर्षदेखि ५ घरले पाल टा“गेर पहिरो जाने स्थानको पानी तर्काएका छन् । बर्षात् लागेपछि काम थाल्ने, जाली, पर्खाललगायतको संरक्षणमा लगानी नगर्दा यो जोखिम निम्तेको हो । नगरपालिका र गाउ“पालिकाले बिनियोजन गरेका अधिकांस योजनामा पनि असार लागेपछि मात्रै काम गर्ने प्रवृत्ती बढेको छ ।
‘स्थानीय पालिकाले आफ्नो बजेट समयमै खर्चन सक्नुपर्ने हो, तर उनीहरु पनि कमिसन खान असारमै खर्चन थालेका छन्’ अधिवक्ता राम शर्माले भने, ‘अधिकांस जनप्रतिनिधि पनि कमिसन खाने धुनमा लाग्दा काम ढिला र कमजोर भएको हो ।’ नागरिकको तहबाट गरिएको अनुगमन र सुझाव नटेर्नेलाई कारवाही हुने नीति आवस्यक परेको उनले बताए ।

सदरमुकाम बागलुङ बजारमा पनि असारे बिकासले जनताले सास्ती खेपेका छन् । असार १ गते लकडाउन खुलेपछि पनि मुख्य बजार प्रवेश गर्न नपाएर स्थानीयले घुमाउरो बाटो हिड्न बाध्य छन् ।
हल्लनचोक, जिपपार्क र ट्राफिकचोकमा काम थालेर अलपत्र पारेपछि खुलेका पसलले पनि सामान झार्न नपाएको गुनासो गरे । नगरपालिकाको चोक सुधार, नाली निर्माण र ढल व्यवस्थापनको बजेट असार लागेपछि मात्र खर्चन लागिएको हो । उपभोक्ता समितिमार्फत गरिएका काम पनि बर्षात् लागेपछि मात्र भत्काउने र बनाउने गर्दा भैरहेका संरचनासमेत जोखिममा परेका हुन् ।
दैनिक झरी परेपछि भत्काएर छाडिएका सडकमा सवारी गुड्न पाएका छैनन् । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरीमा जाने सडक एक महिनासम्म भत्काएर अलपत्र पारेपछि सुरक्षा अधिकारीसमेत गाडी अन्यत्रै छाडेर हिड्दै निवास र कार्यालय पुग्न बाध्य थिए । हिलाम्मे सडकमा गाडीसमेत चल्न नपाएपछि बोकेर सामान ल्याउ“दा हेटौडाबाट ल्याएको भाडाभन्दा बजार भित्राउन बढी खर्च लागेको बानपा–२ का सुमन भुसालले बताए । उनको पसलमा सामान ल्याउन २० मीटरको बाटो छाडेर २ किमी घुमाउरो बाटो रिक्सामा घुमाउनु परेको थियो ।





