शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा ३ जना कोरोना संक्रमित थपिए

गण्डकीमा ३ जना कोरोना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७७, आइतबार

पोखरा, २१ असार– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०९१ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार जनाएको छ ।
निर्देशनालयका अनुसार, तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै शुक्लागण्डकीका २४ वर्षीय युवा एवं बागलुङको काठेखोला गाउँपालिकाका २८ वर्षीय युवामा पनि संक्रमण देखिएको छ । उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लगिने निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->