बागलुङ, २१ असार– फोक्सोको रोगले थलिएका युवकको बागलुङ स्थित ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका २ देविस्थान घर भएका २९ बर्षका ती युवा लकडाउन अघिनै भारतमा उपचारका लागि गएका थिए । उपचार संभवन नभएर फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै शनिवार राती १२ बजे मृत्यु भएको हो ।
पहिला उत्तरगंगा माबिको क्वारेन्टाइनमा राखिएकोमा बिरामीको अबस्था नाजुक देखेपछि घर पठाइएको थियो । वडा कार्यालयले सूचना पाएपछि फेरी उनलाई खुंगाकै बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा सारिएको थियो । उनको अहिले सम्म पिसिआर रिपोर्ट नआएको वडा अध्यक्ष तिलक पुनले बताए ।
ती युवाको घर तर्फ बस्ने वातावरण नभएको भन्दै ससुराली रहेको ढोरपाटन नगरपालिका वडा नं. ४ पठाइएको थियो । शनिवार राती सा“ढे १२ बजे उनको मृत्यु भएको खवर पाएको पुनले बताए । ती युवकको स्वाब संकलन गरेर परीक्षणकालागि पोखरा पठाइएको छ । तर अहिले सम्म रिपोर्ट आएको छैन । उनको घर परिवारका अन्य ३ जनाको भने नेगेटिभ रिपोर्ट आएको छ । घटना बारे जिल्लाका सरोवारवालाले आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।





