सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काठेखोलाका किसानलाई बाँदर धपाउने मेसिन

काठेखोलाका किसानलाई बाँदर धपाउने मेसिन


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७७, आइतबार

बागलुङ, २१ असार– बाँदरले बाली खाएर मर्कामा परेका किसानको माग सम्बोधन गर्दै जिल्लाको काठेखोला गाउँपालिकाले बाँदर धपाउने मेसिन वितरण गरेको छ । आईतबार गाउँपालिकाले आठवटै वडाका किसानहरुलाई बाँदर धपाउने बन्दुक (आधुनिक मेसिन) वितरण गरेको हो ।
बाँदरको समस्या धेरै रहेका गाउँहरुको पहिचान गरेर कृषि शाखाको सल्लाहका आधारमा २६ वटा मेसिन वितरण गरिएको गाउँकार्यपालिका सदस्य टिका संगम बिकले बताए । मेसिन वितरण गर्दै गाउँपालिका अध्यक्ष अमर थापाले किसानका समस्या समाधानगर्न स्थानीय सरकार सधैं साथमा रहेको बताए ।
बाँदरका कारण खाद्यान्न, तरकारी र फलफुलबालीमा समेत क्षति पुग्दै आएको भन्दै किसानहरुले गुनासो गर्दै आएका थिए । नेपालमै बिकास भएको बाँदर धपाउने प्लाष्टिक बम गाउँपालिकाले खरिद गरेर वितरण गरेको हो ।किसानलाई वितरण गरिएको मेसिनले उत्पादन जोगाउन सहयोग गर्ने गाउँपालिकाको आर्थिक बिकास समितिका संयोजक युक्त प्रसाद कँडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->