शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका ५ जनासहित गण्डकीमा १७ संक्रमित थपिए

बागलुङका ५ जनासहित गण्डकीमा १७ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७७, सोमबार

बागलुङ, २२ असार– बागलुङका पाँचसहित सोमबार दिउँसो गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार, कास्कीको पोखरा महानगरपालिकाका १ जना, बागलुङका ५ जना र लमजुङमा ११ जना गरि थप १७ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा पोखराका ५१ वर्षीया महिला रहेको जनाइएको छ । त्यस्तै, लमजुङका संक्रमित सबै ११ जना पुरुष भएको निर्देशनालयले जनाएको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका २९ वर्षिय महिला, काठेखोला गाउँपालिकाका २७ र ३४ वर्षिय पुरुष र बडिगाड गाउँपालिकाका ३४ र ४० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १३ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->