बागलुङ, २२ असार– तपाई बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? लकडाउनको कारण बिदेशमा रोजगार गुमाएर आउनु भएको छ ? कि बिदेशमा कुनै घटना भयो ? सबै समस्याको समाधानका लागि बागलुङमा कार्यक्रम संचालनमा छ ।
भीमापोखरा युवा क्लबले संचालन गरेको सुरक्षित आप्रबासन कार्यक्रम सामी कार्यक्रमले बैदेशिक रोजगारी सम्बन्धी सबै समस्या, फर्केको भएपनि स्वरोजगारका अबसर सिर्जना गर्ने काममा लगानी गरेको छ । नेपाल सरकार र स्विस सरकारको साझेदारीमा आगामी २०७९ साल सम्म चल्ने सामी परियोजना मार्फत बैदेशिक रोजगारीका सबै समस्या समाधान गर्ने कार्यक्रम संचालन भएको हो ।
बिशेषगरी रोजगारीमा जानका लागि राहदानी बनाउन गएकै बेलादेखि नेपालीले धेरै समस्या र सास्ती खेपेका छन् । उनीहरुले तोकिएको भन्दा धेरै शुल्क तिर्नु पर्ने, एउटा काम लगाइदिन्छु भनेर अर्को लगाइदिने, तोकेको तलब नपाउने र बिदेशमा गैसकेपछि विभिन्न प्रकारका हिंसा खेप्नुपर्ने बाध्यता छ । कतिपय नेपाली बिदेशमा पुगेर ठगिएका छन् । उनीहरुको समस्या समाधानका लागि सरकारले नेपालभरका ३९ जिल्लाका १ सय ५६ स्थानीय तहमा यो परियोजना संचालन गरेको हो । बागलुङमा पनि भीमापोखरा युवा क्लबले संचालन गरेको परियोजना बारे सोमबार पत्रकार अन्तरक्रिया मार्फत अहिले सम्मको प्रगती बिवरण प्रस्तुत गरेको थियो ।
प्रस्तुतीकरण गर्दै बिवाईसीका सामी परियोजनाका कार्यक्रम संयोजक मिनप्रसाद उपाध्यायले रोजगारी सुरक्षा गर्ने देखि मानिसको ज्यान सुरक्षा गर्ने सम्मको काममा साथ दिन सकिएको बताए । परियोजनामार्फत भएपनि कार्यक्षेत्रमा मात्र नभइ बाहिरका मानिसलाई पनि सहयोग भैरहेको उनले जानकारी दिए ।
बागलुङ नगरपालिकासहित जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा यो परियोजना संचालन छ । बिशेषगरी खाडी मुलुकमा रोजगारीकालागि गएका युवाहरुको जीवन र र पेशाको सुरक्षामा परियोजना लक्षित छ ।
सरकारले तोकेको शुल्कलाइ वेवास्ता गरेर लाखौं रकम बुझाउने र ठगिने क्रम रहेकोले परियोजनाले राहदानी बनाउने बेलैमा हरेक युवालाई सचेतना अभियान संचालन गरिरहेको हो । लकडाउनको कारण रोजगारी गुमाएर फर्केका र बिदेशमै बिभिन्न घटनामा परेकाहरुको खोजी र उद्दारमासमेत क्लबले साथ दिएको छ । परियोजनाका श्रोत केन्द्र सहजकर्ता नबिन शिसिर बिकका अनुसार बिभिन्न मुलुकमा रोजगारी खोज्दै जाने र लकडाउनपछि फर्कने गरी ८ सय ५० जनालाई मनोसामाजिक बिमर्श र सूचना प्रवाह गराएको बताए ।
जिल्ला प्रशासनमा क्लबले श्रोत केन्द्र समेत स्थापना गरेको छ । उनका अनुसार लकडाउनको अबधिमा फर्केका तथा बिदेशमै रह“दा अलपत्र परेका १७ जनालाई प्रवासी नेपाली समन्वय समिति मार्फत दुताबासको सम्पर्कमा लगेर घर पठाउने काम पनि गरेको हो । त्यसरी घर फर्केकाहरु मध्ये ७ जनालाई कानूनी अधिकारकालागि मुद्दा समेत लडिदिएको उनले बताए । उनीहरुले राहत, क्षतिपूर्ति समेत पाउने क्रममा छन् ।
राहदानी लिने, श्रम स्विकृति लिएर बिदेश प्रस्थान गर्ने बेला सम्म धेरै युवाहरु ठगिने घटनापछि यो क्लबले सचेतना अभिायन चलाइरहेको थियो । खाडी मुलुकमा गएका, दलीत र आर्थिक अबस्था कमजोर भएका हरु बस्ने गरेका जिल्लाका ४ वटा पालिका लक्षित गरेर घरघरमा समेत सचेतना अभियान चलाइएको बताइएको छ ।
सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले बैदेशिक रोजगारलाई म¥र्यादित र पेशागत सुरक्षाका लागि यो परियोजना उपयोगी भएको बताए । क्लबका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, सहजकर्ता नविक शिसिर बिकको संचालन र सचिव दिपक गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





