शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सोमबार साँझ सम्म गण्डकीमा संक्रमितको संख्या ११९३

सोमबार साँझ सम्म गण्डकीमा संक्रमितको संख्या ११९३


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७७, मंगलबार

पोखरा, २३ असार– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार साँझ सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका थप १७ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार लमजुङमा मात्रै ११ जना संक्रमित भेटिएका छन् । लमजुङको बेसिसहर नगरपालिकाका २५,३५ र ३८ वर्षीय पुरुष,सुन्दरबजार नगरपालिकाका दुई जना २२ वर्षीय र एकजना २१ वर्षीय पुरुष, राइनासका ४७ वर्षीय पुरुष,क्लोंलासोथरका २४ र ४५ वर्षीय पुरुष, दोर्दी गाउँपालिकाका ३० वर्षीय पुरुष, मध्यनेपाल नगरपालिकाका ५४ वर्षीय पुरुष, पोखराकी ५१ वर्षीय महिला, बागलुङ ढोरपाटनकी २१ वर्षीय महिला,बडिगाडका ३४ र ४० वर्षीय पुरुष अनि काठेखोलाका २७ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->