सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कौडेको धुरी पुग्ने पदमार्ग निर्माण

कौडेको धुरी पुग्ने पदमार्ग निर्माण

पर्यटकीय क्षेत्र र ऐतिहाँसिक महत्व जोगाउँदै बरेङ गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७७, मंगलबार

बागलुङ (बरेङ), २३ असार– जिल्लाको बरेङ गाउँपालिका–२ सिग्दीमा पदमार्ग निर्माण भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडेको धुरीसम्म पदमार्ग निर्माण गरेको हो । सामुदायीक घरबास रहेको सिग्दीदेखि कौडेको धुरी पुग्ने पदमार्ग निर्माण कार्यक्रमअन्र्तगत चालु बर्षमा झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण गरिएको स्थानीय हिराबहादुर पुनले जानकारी दिए ।
गण्डकी प्रदेश सरकार, गाउँपालिका र डिभिजन बन कार्यालयको संयुक्त योजनाअन्र्तगत गाउँपालिकाकै सबैभन्दा लामो पदमार्ग निर्माण हुन लागेको हो । चालु बर्षमा गण्डकी सरकारको १० लाख रुपैयाँ, गाउँपालिकाको ५ लाख रुपैयाँ र डिभिजन बन कार्यालय बागलुङको ५ लाख रुपैयाँ गरी २० लाखको लागतमा पदमार्ग निर्माण भएको पुनले बताए । स्थानीय युवाहरु परिचालन गरेर उपभोक्ता समितिमार्फत पदमागर्थ निर्माण गरिएको थियो ।
बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाको संगम स्थलमा रहेको २ हजार ६ सय मिटर अग्लो कौडेको धुरी जान यो पदमार्गले सहज हुने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । सिग्दी सामुदायीक घरबासमा आउने पर्यटकलाई कौडेको धुरी र राजाको दरवारजस्ता मनोरम प्राकृतिक पर्यटकीय क्षेत्रमा पु¥याउने योजना गाउँपालिकाले बनाएको छ ।
ऐतिहासिक महत्व बोकेको कौडेको धुरी, राजाको दरबार क्षेत्रमा पालिकाले आबस्यक पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन बरेङ बिस्तृत परियोजना प्रस्ताव तयार गरेर संरचना निर्माणका काम थालेको छ । कौडेको धुरीमा नेपालको बाईसे–चौबिसे राज्यको पालामा भुरे राजाको दरबारका भग्नाबशेषहरु, पुरातात्विक शिलालेख अझै पनि देख्न सकिन्छ । कौडेको धुरीबाट नेपालका झण्डै २० जिल्लाका भन्ज्याङ र खोँचको पनि अबलोकन गर्न सकिन्छ ।
ऐतिहासिक पुरातात्विक महत्वले भरिपुर्ण कौडेको धुरीमा बिभिन्न प्रजातिका दुर्लभ जडिबुटि पनि पाईन्छ । त्यस्ता दुर्लभ जडिबुटिको चोरीनिकासी रोक्न सिग्दी सामुदायिक होम्स्टेले जडिबुटि संरक्षणका लागि बिशेष पहल गर्दै आएको छ । सिग्दी सामुदायिक होमस्टेदेखि कौडेराजाको दरबार पदमार्ग पुग्न अझै १ किलोमिटर पदमार्ग निर्माण गर्न बाँकी रहेको होमस्टेका एक सदस्यले बताए ।

तस्विरः दिपेन्द्र परियार, बरेङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->