बागलुङ, २३ असार– नेपाल बिद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियारले बागलुङस्थित नेपाल पत्रकार महासंघ र नेपाल महिला संघलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । परियारले महासंघलाई २४ थान सेनिटाइजर र २ सय ५० थान सर्जिकल मास्कसहितका सामग्री दिएका हुन् । परियारले मंगलबार आयोजित संक्षिप्त कार्यक्रममा महासंघका अध्यक्ष दिल शिरिषलाई सामग्री हस्तान्तरण गरे ।
त्यस्तै परियारले नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मामार्फत जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको विभिन्न स्थानमा आवस्यक पर्ने मास्क र अन्य स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका हुन् । काठमाण्डौ हिंडेका परियारले ती सामाग्री सम्बन्धीत स्थानमा पठाइदिन भनेका थिए । बिद्यार्थी राजनीति गरेपनि जिल्लाको स्वास्थ्य संवेदनशिलता, दैनिक अग्रपंक्तिमा पुगेर समाचार संकलन गर्नुपर्ने बाध्यता भएकोले पत्रकारलाई सामग्री सहयोग गरेको बताए । महासंघका अध्यक्ष दिल शिरिषले सामग्री सहयोगबाट पत्रकारलाई काम गर्ने उर्जा प्राप्त भएको भन्दै परियारलाई धन्यवाद पनि दिएका थिए ।





