शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अव आरडीटी परिक्षण रोकिने

अव आरडीटी परिक्षण रोकिने


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७७, मंगलबार

काठमाण्डौ, २३ असार– सरकारले आरडीटी परिक्षण रोक्ने भएको छ । पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका ुइनफ इज इनफु ग्रुपसँग सहमति गर्दै सरकारले आरडिटी परीक्षण रोक्ने भएको हो । स्वाथ्य तथा जनसंख्या मन्त्रालय र अनसनरत युवाबीच भएको १२ बुँदे सहमतिमा कोभिड १९ को परिक्षणका लागि आरडिटी परिक्षण स्थगित गर्ने उल्लेख छ । सहमतिसँगै १२ दिनदेखि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा अनसन बसेका दुइ युवा ईशान अधिकारी र पुकार बमले अनसन तोडेका छन् । युवा र सरकारबीच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ । जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्ता दिन भित्र परिमार्जन गर्ने, क्वारेन्टिन र होल्डिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै घर पठाउने तथा समाजमा पुनस्र्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्नेसहितका सहमति भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->