बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनी जोड्ने अवरुद्ध सबै सडक मर्मतपछि सूचारु

बेनी जोड्ने अवरुद्ध सबै सडक मर्मतपछि सूचारु


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७७, मंगलबार
फाईल तस्विर

म्याग्दी २३ असार– गएरातीको अविरल बर्षासँगै बाढीपहिरोले म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको राष्ट्रिय राजमार्ग र ग्रामिण सडक मर्मपछि सूचारु भएका छन् ।
भिषण बर्षासँगै अवरुद्ध भएका चार ठूला सडकहरु मर्मतपछि सुचारु भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
बेनी–दरबाङ, बेनी–जोमसोम सडक, बेनी–मालढुंगा र बेनी–रत्नचौर–बागलुङ सडकखण्ड नियमित सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘सबै अवरुद्ध सडक सञ्चालनमा आएका छन्,‘अवरुद्ध भएको जानकारी लगत्तै सम्बन्धित निकायमार्फत सडकको रोला र पहिरो पन्छाउछौँ’ प्रजिअ ढकालले भने ।
सदरमुकाम बेनी जोड्ने ठूला सडक बाहेक सहायक तथा ग्रामिण सडक समेत अवरुद्ध भएसँगै यात्रुले सास्ती खेप्नुपरेको थियो ।
बेनी नगरपालिका सहित जिल्लाका ६ वटै स्थानीय तहको बस्तीबस्तीमा जोडिएको सडक बाढीपहिरोले हिलाम्मे भएका छन् ।
बर्खाको समयमा यात्रा गर्ने क्रममा सर्तकता अपनाउन समेत जिल्ला विपद् ब्यवस्थापन समितिले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय विपद्का बारेमा नियमित अपटेड सहित सर्वसाधारणलाई जानकारी समेत दिन सुरु गरेको छ । जिल्लाभर बाढीपहिरोको जानकारी संकलन गरी तत्कालै प्रहरीले सूचना गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->