बागलुङ, २४ असार– सुरक्षित मातृत्व संजालकी केन्द्रीय अध्यक्ष तथा कांग्रेस नेतृ आरजु राणाले पठाएका स्वास्थ्य तथा सुरक्षा सामग्री एक कार्यक्रमकाबीच बागलुङस्थित प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ । पर्वतस्थित जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल र नेपाल तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले बुधबार ती सामग्री बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुलाई हस्तान्तरण गरे ।
कोरोना भाइरसको संक्रमणले आक्रान्त भैरहेको बेला ती सामग्रीमार्फत सुरक्षाका लागि सहभागिता जनाइएको बताइएको छ । राणाले जिल्ला तहका आफ्ना कार्यकर्ताको सहकार्यमा ती सामग्री पठाएकी हुन् । उक्त अबसरमा १५ थान पिपिइ, १५ थान बुट, १ हजार ६ सय थान ग्लोबस्, ७ लीटर सेनिटाइजर, ३ हजार थान मेडिकल मास्क र ३० थान एन ९५ मास्क लगायतका सामग्री दिइएको हो ।
ती सामग्री हस्तान्तरण गर्दै मल्लले सुरक्षामा खटिंने सुरक्षाकर्मी, बिरामी बोक्ने चालकलगायतलाई सुरक्षा सामाग्री आवस्यक पर्ने र सामाग्री नभएकै कारण चालकले गाडी छाडेर हिड्ने लगायतको समस्या भएपछि सामग्री दिइएको बताए । उनले पर्वत र म्याग्दी प्रशासनमा पनि सामग्री हस्तान्तरण गरेका छन् ।





