बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोमा हराएका थप एक जनाको शव भेटियो

पहिरोमा हराएका थप एक जनाको शव भेटियो


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७७, आइतबार

बागलुङ, २८ असार– म्याग्दीको धवलागिरी गाउँपालिकामा पहिरोमा परि हराईरहेकामध्ये थप एक जनाको शव फेला परेको छ । उद्वारमा खटिएको नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आईतबार दिउँसो धवलागिरी गाउँपालिका खेमलाल जुग्जालीको शव फेला पारेको हो ।
यससँगै म्याग्दीमा पहिरोमा परि ज्यान गुमाउने संख्या २८ पुगेको छ । पहिरोमा हराईरहेका थप चार जनाको खोजीकार्य भैरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । आईतबार दिनभर धौलागिरी र मालिका गाउँपालिकामा हराईरहेकाहरुको खोजी जारी रहेको उनले बताए । आईतबार साँझसम्म फेला नपरेका ४ जनाको सोमबार खोजतलास गरिने उनको भनाई छ ।
गत बिहीबार राती र शुक्रबार बिहान आएको भीषण पहिरोमा परी म्याग्दीमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । हराईरहेकामध्ये ३ जना सम्पर्कमा आईसकेको र थप चार जना अझै हराईरहेको म्याग्दी प्रशासनले जनाएको छ ।
प्रजिअ ढकालका अनुसार, जिल्लाको धौलागिरी गाउँपालिका वडा नं. ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका वडा नं. ७ बिममा गएको पहिरो बेपत्ता भएकाहरुको सुरक्षाकर्मीले खोजतलास जारी राखेका छन् । शनिबार साँझ ७ जना मृत अवस्थामा फेला परेका थिए । पहिरोका कारण दर्जनौ घरपरिवार बिस्थापित भएका छन्भने केही घाईतेको बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->