शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०७७, बुधबार

बागलुङ, ३१ असार– गण्डकी प्रदेशमा बुधबार थप २५ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिएकामा सबै भन्दा धेरै नवलपरासी पूर्वमा ११ जना, म्याग्दीमा नौ जना, तनहुँमा ३ जना रहेका छन् । यस्तै गोरखा र कास्कीमा एक एक जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या संख्या १२ सय २८ पुगेको छ। हालसम्म ९ सय २५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->