पोखरा, २ साउन – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पछिल्लो परीक्षणको क्रममा तनहुँका ७ जना र नवलपुरका १८ जनामा संक्रमण देखिएको हो । तनहुँको म्याग्दे गाउँपालिकामा १७ र ३० वर्षीय पुरुष, भानु गाउँपालिकाका २७ र २२ वर्षीय पुरुष, व्यास नगरपालिकामा २७,१९ र २४ वर्षीय पुरुष तथा गैँडाकोटका ५ महिलासहित १८ जना गरी २५ जनामा संक्रमण देखिएको हो ।




