पोखरा, ५ साउन– थप १२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा गण्डकी प्रदेशमा संक्रमितको संख्या १३९७ पुगेको छ । गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सोमबार सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाका २ महिलासहित ८ जना, लमजुङको सुन्दरबजार नगरपालिकाका १ जना, तनहुँ शुक्लागण्डकी र भानुका गरि २ जना तथा स्याङ्जा गल्याङका १ जनामा संक्रमण देखिएको हो । हाल गण्डकीमा १८२४ जना क्वारेण्टिनमा रहेकाले उनीहरुको परीक्षणसँगै संक्रमित थपिने संभावना रहेको छ ।





