शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा शनिबार थपिए ११ जना संक्रमित

गण्डकी प्रदेशमा शनिबार थपिए ११ जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७७, शनिबार

पर्वत, १० साउन– गण्डकी प्रदेशमा शनिबार ११ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । यससँगै प्रदेशमा कुल संक्रमितको संख्या १३ सय ७२ पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु शर्माले यसको पुष्टि गरेका छन् । उनका अनुसार, क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको स्वाब परीक्षणमा ३ जिल्लाका ११ जनामा संक्रमण भएको पुष्टि भएको हो ।
संक्रमितहरू कास्कीको रुपा गाउँपालिका २६ वर्ष उमेरका १ जना पुरुष, गोरखाको पालुङटार नगरपालिकाका २६ वर्षीय पुरुष, भीमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकाका २२, २४, ३२, १८, २५ र ५० वर्ष उमेरका ६ जना पुरुष, बिनयत्रिवेणी गाउँपालिकाका १५ वर्षीय पुरुष र कावासोती नगरपालिकाका ४२ वर्षीय पुरुष हुन् । उनीहरू सबै जनालाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनहरूमा लगिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->